काठमाडौं । सरकारबाट बाहिरिनेवित्तिकै युथ फोर्स ब्युँताएको एमाले (अध्यक्ष केपी ओली समुह) ले महिला युथ फोर्स गठन गर्ने तयारी गरेको छ।
एमालेले साउन २३ गते बृहत् युवा महिला भेला गरेर महिला युथ फोर्स घोषणा गर्ने तयारी गरेको हो ।
काठमाडौंमा हुने बृहत् भेलामा उपत्यकास्तरीय महिला युथ फोर्स घोषणाको तयारी गरिएको एमाले स्रोतले जनाएको छ।
राष्ट्रिय युवा संघ नेपालले राष्ट्रिय सभागृहमा बृहत युवा महिला भेला र महिला युथ फोर्स घोषणा गर्ने तयारी हो।
भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने युवा संघले जनाएको छ। यस्तै, एमालेको नेपाल–खनाल समुहले पनि युथ फोर्सलाई तह लगाउन भन्दै अखिल फोर्स घोषणा गरिसकेको छ ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
