काठमाडौं । नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरूको सपथग्रहण गराउनुभएको हो ।
शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका उच्चपदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले ओली सरकारको सिफारिसमा नियुक्त भएकी गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखहरू सीताकुमारी पौडेल र धर्मनाथ यादवलाई हटाउँदै गण्डकीमा पृथ्वीमान गुरुङ र लुम्बिनीमा अमिक शेरचनलार्ई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
सोही बमोजिम मंगलबार नै राष्ट्रपति भण्डारीले गुरुङ र शेरचनलाई प्रदेश प्रमुख नियुक्त गरेका थिए ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
