काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता अध्यक्ष उपेन्द्र यादवले पाएका छन्। निर्वाचन आयोगले सोमबार आधिकारिकता विवादमा फैसला गर्दै उपेन्द्रको पक्षमा फैसला गरेको हो।
आयोगका प्रमुख आयुक्त दिनेश थपलियाको संयोजकत्वमा पाँच सदस्यीय इजलासमा यो आधिकतारिकताको मुद्दामा सुनुवाई भएको थियो।
सोमबार ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यहरुको सनाखत लिएपछि इजलासले फैसला सुनाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।
५१ कार्यकारिणी समिति सदस्यमध्ये उपेन्द्र यादवको पक्षमा मात्रै ३४ जनाले समर्थन जनाएका थिए भने महन्थ ठाकुरको पक्षमा १६ जनामात्रैको समर्थन रहेको आयोग स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार जसपाका कार्यकारिणी समिति सदस्य रेशम चौधरी भने तटस्थ रहे। उनले कसैको पनि पक्ष र विपक्षमा आफू नरहेको भन्दै तटस्थ रहने निर्णय गरेका हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
