काठमाडौँ । मैत्रीपूर्ण खेलमा बार्सिलोनाले जिरोनालाई सहजै हराएको छ।
प्रि–सिजन अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई ३-१ गोलले हराएको हो।
२१औँ मिनेटमा कप्तान जेरार्ड पिकेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई १-० गोलको अग्रता दिलाएका थिए। २४औँ मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई २-० को अग्रता दिलाए।
४२औँ मिनेटमा सामु सैजले पेनाल्टीमा गोल गर्दौ जिरोनालाई २-१ को स्थितिमा ल्याए।
८५औँ मिनेटमा मेम्फिस डिपेले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३-१ को जित दिलाए।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
