नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालका लागि स्थगित

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशन तत्कालको लागि स्थगित भएको छ। प्रधानन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको बैठकले साउन १२ गतेको लागि तोकिएको वडा अधिवेशन तयारी नपुगेको भन्दै स्थगित गर्ने निर्णय गरेको हो।

अधिवेशनको अर्को मिति छिटै तोकिने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। भदौ १६ गतेदेखि हुने चौधौँ केन्द्रीय महाधिवेशनको लागि कांग्रेसले साउन १२ गते वडा अधिवेशन, साउन १६ गते पालिकाको अधिवेशन, २० गते प्रदेशसभा क्षेत्र तथा २३ र २६ गते प्रतिनिधिसभा क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका पारित गरेको छ।

Advertisement

यस्तै भदौको १ र २ गते प्रदेश अधिवेशनको कार्यतालिका छ। वडाको अधिवेशन स्थगित भएपनि अरु अधिवेशनको तालिकाको बारेमा अहिले कुनै निर्णय नभएको प्रवक्ता शर्माले जानकारी दिए।

कांग्रेसले औपचारिक निर्णय नगरेपनि महाधिवेशन सर्ने सम्भावना धेरै छ। क्रियाशिल सदस्यताको विवाद नटुंगिदा पार्टी कार्यालयमै धर्ना र अनसन चलिरहेको छ।

तल्लो तहको अधिवेशन हेरफेर गरिए पनि महाधिवेशन तोकिएकै मितिमा हुनुपर्नेमा कांग्रेस नेताहरुले जोड दिंदै आएका छन्।

More News last news
Loading...