अन्ततः गले ओली, पार्टी मिलाउन माधवलाई दोस्रो अध्यक्ष !

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन्।

एमालेको केन्द्रीय समितिको १० औं बैठकको तेस्रो दिनको बैठक समापनको क्रममा मन्तव्य राख्दै ओलीले यस्तो बताएका हुन्। उनले भने, ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, त्यसका निम्ति केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ। तर उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो।’

Advertisement

ओलीले सम्बोधनको क्रममा पार्टी एकतालाई जोगाउन हदैसम्मको लचकता अपनाउने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन्।

तर, माधव नेपालले पार्टी कब्जा गर्नको लागि बहुमत खोजेर बसेकाले पार्टी एकतामा समस्या भइरहेको ओलीको भनाइ छ।उता माधव नेपाल समूहको स्थायी समितिको बैठकले पनि सम्मानजनक एकताको लागि पहल गर्ने निर्णय गरेको छ।

त्यसका लागि पार्टी अध्यक्षसँग थप छलफल गर्न यसअघि बनाइएको कार्यदलका सदस्यहरुलाई जिम्मेवारी दिइएको नेता योगेश भट्टराईले जानकारी दिए।

More News last news
Loading...