देउवालाई मत दिने २२ सांसदलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

सोमबार ललितपुरको च्यासलमा भएको केन्द्रीय कमिटी बैठकले माधव नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

Advertisement

आइतबार प्रधानमन्त्री देउवाले संसदमा पेश गरेको विश्वासको प्रस्तावमा एमालेका नेपालसहित २२ सांसदले पक्षमा मत दिएका थिए । एमाले सांसदको पनि मत पाएपछि देउवाको पक्षमा कुल १६५ मत प्राप्त भएको थियो।

यस्तै, दशौँ केन्द्रीय कमिटी बैठकमा परिणत भएको बैठकले विघटित कार्यदलले पेश गरेको पार्टी एकताको १० बुँदे सहमति समेत अनुमोदन गरेको छ।

हिजो आइतबार प्रधानमन्त्री शेर बहादुर देउवालाई नेकपा एमालेका २२ सांसद्हरुले विस्वासको मत दिएका थिए । यहिबीचमा एमाले उपाध्यक्ष भीम रावलले विस्वासको मत दिने र नदिने पार्टीको विवादकाबीच सांसद्पदबाटै राजीनामा दिएका छन् ।

More News last news
Loading...