ठाकुर-महतो पक्षले पनि देउवालाई विश्वासको मत दिने

काठमाडौँ । जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ।

जसपाका एक नेताले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

Advertisement

संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले संसद् वैठकमा देउवाले आजै विश्वास मत लिने कार्यक्रम रहेको जानकारी दिएका थिए।

संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सर्वोच्च अदालतको परामदेशपछि नेपाली कांग्रेसका सभापति देउवा असार २९ गते प्रधानमन्त्री बनेका थिए।

More News last news
Loading...