नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवालाई शीतलनिवासमा सपथ खुवाएकी हुन्।

सर्वोच्च अदालतको परमादेश बमोजिम मंगलबार राष्ट्रपति भण्डारीले कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन्।

Advertisement

योसँगै प्रधानमन्त्री देउवाले ५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । प्रधानमन्त्री देउवासँगै नवनियुक्त मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

गृहमन्त्रीमा कांग्रेसका नेता बालकृष्ण खाँड, अर्थमन्त्रीमा माओवादीबाट जनार्दन शर्मा, कानूनमन्त्रीमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की र उर्जामन्त्रीमा माओवादीबाट पम्फा भुसालले शपथ लिएका छन् । अन्य मन्त्रालय भने प्रधानमन्त्री आफैँले राखेका छन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतका विशिष्ट अधिकारीहरुको उपस्थिति रहेको थियो ।

More News last news
Loading...