प्रधानमन्त्री नियुक्तिको भाषाबारे लफडा, अझै शुरु भएन शपथ

काठमाडौँ । प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्ति गर्दै राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि शपथ ग्रहण कार्यक्रम अझै सुरु हुन सकेको छैन।

काँग्रेस सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन्। शीतल निवासमा पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन्।

Advertisement

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन्।

उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन्। देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए।

आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ।

More News last news
Loading...