काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच ५५ दिनपछि प्रत्यक्ष भेटवार्ता भएको छ। यसअघि ओली र नेता नेपालबीच बैशाख ३० गते क्याप्टेन रामेश्वर थापाको घर चपली हाइटमा भेटवार्ता भएको थियो।
त्यसपछि ओली र नेपालबीचको भेटवार्ता हुन नसकेका केला पार्टीकै दोस्रो तहका नेताहरुको पहलमा असार २३ गते दुई नेताको भेट भएको हो।
एमाले विवाद कायमै रहेका बेला प्रधानमन्त्री ओलीले गत जेठ सात गते मध्यराति दोस्रोपटक प्रतिनिधिसभा विघटन गरेपछि विवादले एमाले विभाजनको दिशामा लगेको थियो। माधव नेपाल पक्षले ओलीलाई प्रतिगमनकारी भन्दै विपक्षी गठबन्धन बनाएर ओलीविरुद्ध संघर्ष गर्दै आएको छ।
उता, सर्वोच्च अदालतमा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परामादेश मागेर नेपाल पक्ष ओलीविरुद्ध लागिरहेका बेला ओली नेपाललाई भेट्न तयार भएका हुन्।
सर्वोच्चको संवैधानिक इजलासमा उक्त रिट निवेदनमा बहस सकिएर फैसला आउने चरणमा छ। सर्वोच्चले आगामी असार २८ गते फैसला सुनाउने तयारी गरिरहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
