नेपालमा घट्यो परीक्षण, २४ घण्टामा १ हजार ६०३ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ८७६ जनाको मात्रै आरटीपीसीआर विधिबाट परीक्षण भएको छ। यस्तै ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयले परीक्षण सरकारी ल्याबहरुमा निःशुल्क भएपनि परीक्षण घटेको जनाएको छ। मन्त्रालयले लक्षण देखिएकाहरुलाई परीक्षण गराउन पनि अनुरोध गरेको छ।

Advertisement

मन्त्रालयका अनुसार दुबै विधिबाट ८ हजार १३२ जनाको परीक्षण हुँदा आरटीपीसीआर विधिबाट गरिएको परीक्षणमा १ हजार ४२ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५६१ कोरोनभाइरस संक्रमण पुष्टि भएको छ।

दुबै विधिबाट भएको परीक्षणमध्ये १ हजार ६०३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। यस्तै काठमाडौँ उपत्यकामा ४६१ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोनामुक्त भएका छन् भने सोही अवधिमा २७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

More News last news
Loading...