काठमाडौँ । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकामा टिपर खस्दा गोठमा सुतिरहेका श्रीमान श्रीमतीको ज्यान गएको छ।
कागेरवरी मनोहरा नगरपालिका वडा ५ साँखुमा बा५ ख २५११ नम्बरको टिर सडकबार खस्दा ५३ वर्षे साइला तामाङ र ५५ वर्षीया जयन्ती तामाङको ज्यान गएको हो ।
महानगरीय प्रहरी वृत्त बौद्धका अनुसार शनिबार बिहान सवा ४ बजे साँखु-चाबहिल सडक खण्डको थलीमा पल्टिँदा टहरामा सुतिरहेका श्रीमान् श्रीमतीको घटनास्थलमै ज्यान गएको हो।
वस्तु कुर्न गोठमा सुतेका श्रीमानश्रीमतीको ज्यान गएको महानगरीय प्रहरी वृत्तका डिएपी ढुण्डी न्यौपानेले बताए। आज बिहान ४ बजे टिपर माटो लिएर साँखुबाट बौद्धतर्फ आइरहेका थियो ।
मृतक श्रीमान् श्रीमतीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको छ। टहरामा पल्टिएको टिपर निकाल्ने काम भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले टिपर चालक गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। थली ओरालोमा आफैं अनियन्त्रित भएर टिपर पल्टिएको चालक घलानले बताएका प्रहरीले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
