पोखरा । कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको ज्यान गएको छ।
मादी गाउँपालिका-९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको ज्यान गएको हो।
दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएको मादी गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए।
‘मध्यपहाडी लोकमार्ग अन्तर्गत बनिरहेको बाटो हो त्यो । खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेछ,’ उनले भने, ‘चालकले भागेर ज्यान जोगाए । आमाको घटनास्थलमै ज्यान गयो ।’
घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ। पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ।
बुधबार रातिदेखि परेको अविरल वर्षाले विभिन्न स्थानमा पहिरो जानुका साथै बाढी समेत आएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
