काठमाडौँ । मंगलबार साँझ रुपन्देहीमा भएको कार दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ। दुर्घटनामा गुल्मीका डा शंकर भण्डारीको ज्यान गएको हो।
रुपन्देहीको देवदह नगरपालिका १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा लु १७ च ६०६६ नम्बरको कार दुर्घटनामा परी भण्डारीको ज्यान गएको हो ।
डा भण्डारीको दुर्घटनामा परेर ज्यान गएको लुम्बिनी प्रादेशिक ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।
दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी हृदयरोग तथा मुटु अस्पतालमा ल्याएलगत्तै चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।
भण्डारी आफैले चलाएको कार कल्भर्डमा खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ। कारमा सँगै रहेका आफन्त थानेश्वर भण्डारीको अवस्था भने सामान्य रहेको छ। मृतक भण्डारी काँग्रेस नेता चन्द्र भण्डारीका कान्छा भाई हुन्।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
