काठमाडौँ । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
सोमबार बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १–० गोलले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो।
बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे। उनले ४२औँ मिनेटमा निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।
पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन। पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए।
अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ। अस्ट्रियालाई हराउँदै इटली यसअघि नै अन्तिम आठमा पुगिसकेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
