सवारी चालक लाइसेन्सको लिखित परीक्षामा यीबाट सोधिनेछ २० प्रश्न

काठमाडौँ । सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्ने यसअघिको व्यवस्था परिमार्जन गरेको छ।

लाइसेन्सका लागि लिइने लिखित र प्रयोगात्मक परीक्षासम्बन्धी व्यवस्था परिवर्तन गर्दै केही सहज बनाइएको हो। यसअघि शतप्रतिशत अंक ल्याएर पास गर्नुपर्ने प्रयोगात्मक (ट्रायल) परीक्षामा अब ७० अंक ल्याए लाइसेन्स पाउन योग्य हुनेछ।

Advertisement

तर, अहिलेसम्म ५० प्रतिशत अंक ल्याए पास हुने लिखित परीक्षामा भने अब ८० अंक ल्याउनुपर्ने व्यवस्था गरिएको छ। यातायात व्यवस्था विभागले अब लाइसेन्सका लागि अंकभारमा आधारित परीक्षा प्रणाली लागू गर्न लागेको हो।

साउन १ देखि लागू हुने सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ मा लिखित र प्रयोगात्मक (ट्रायल) दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ।

सोही अनुसार विभागले लिखित परीक्षामा सोधिने ५०० सय वटा प्रश्नको संग्रह सार्वजनिक गरेको छ। यही ५ सय वटा प्रश्नबाट अब हुने लिखित परीक्षमा २० वटा प्रश्न सोधिने छ।

विभागले ‘क’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक गरेको हो। ३० मिनेटको परीक्षामा उत्तीर्ण हुन न्यूनतम ७० अंक ल्याउनुपर्नेछ।

प्रयोगात्मक परीक्षणको हरेक चरणको अंकभार फरक–फरक निर्धारण गरिएको छ। परीक्षार्थीको व्यवहारगत पक्षको समग्र मूल्यांकनमा सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरूको सामान्य निरीक्षण नगरेमा तीन अंक घट्नेछ।

यस्तो छ मोटरसाइकल तथा स्कुटरतर्फको प्रश्न संग्रहः

More News last news
Loading...