काठमाडौँ । कोरोना संक्रमण कम हुँदै गएपछि काठमाडौँ उपत्यकाका जारी निषेधाज्ञा खुकुलो बनाइएको छ। आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन् भने व्यवसायिक क्षेत्र पनि चलायमान भएका छन्। यस्तै ट्याक्सी सेवा पनि सुरु भएको छ।
यसअघि उपत्यकामा पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले व्यवसायिक क्षेत्र चलायन हुने गरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय गरेको थियो। यो पछिल्लो आदेश मंगलबार बिहान १ बजेदेखि असार १४ गते राति १२ बजेसम्मलाई हो।
केके खुले ?
आजबाट निजी सवारी साधनहरु जोरबिजोर प्रणालीको आधारमा सन्चालनमा आएका छन्। जोर नम्बरका सवारी साधन जोर गते र बिजोर नम्बरका साधन बिजोर गतेको दिन चलाउनुपर्ने छ। उपत्यकामा ट्याक्सी सेवा पनि सुरु भएको छ।
निषेधाज्ञा खुकुलो भएपछि काठमाडौँ उपत्यकामा बिहानैदेखि कार, भ्यान, मोटरसाइकल, स्कुटर लगायतका निजी सवारी साधन बाक्लै चलेको देखिएको छ।
यसैगरी डिपार्टमेन्ट स्टोर्स (ग्रोसरी बाहेक) सपिङ मल, खेलकुद, सामग्री, पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्टका पसल, टेलरिङ सोमबार, बुधबार र शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन गर्न सकिने छ।
सुन पसल, भाँडा पसल, विद्युतीय सामग्री, घरायसी सामग्री, अटोमोबाइल, शोरुम, अटोमोवाइल पार्टस् पसल, इलेक्ट्रोनिक्स पसल आइतबार, मंगलबार र बिहीबार विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म खोल्न पाइने छ।
खाद्यान्न, दूध तथा दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, माछा मासु, पूजा सामग्री विक्री वितरण गर्ने पसल, खेलकूद सामग्री पसल, डिपार्टमेन्ट स्टोर्स (ग्रोसरीमात्र), स्टेशनरी, विहान ११ बजेसम्म सञ्चालन गर्न सकिने छ।
निर्माणजन्य सामग्रीका पसल (हार्डवेयर, बिजुलीका सामान, स्यानिटरी, टायल, मार्बल, फर्निचर, कार्पेट) दैनिक बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ। ठूलो परिमाणको ढुवानी राती मात्र गर्न भनिएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
