जर्मनीको आत्मघाती गोलमा फ्रान्स विजयी

काठमाडौँ । युरोकपको समूह एफ अन्तर्गत गए राति भएको अर्को खेलमा फ्रान्सले जर्मनीलाई हराएको छ। जर्मनीको एलिनाज एरिनामा भएको खेलमा आत्मघाती गोल उपहार पाएको फ्रान्सले जर्मनीलाई १-० गोलले हरायो।

खेलको २० औं मिनेट जर्मनीका डिफेन्डर म्याट्स हमल्सले गरेको आत्मघाती गोल नै फ्रान्सको जितको लागि पर्याप्त भयो।

Advertisement

खेलको ८५ औं मिनेटमा फ्रान्सका केलियन एमबाप्पेको क्रसमा करिम बेन्जिमाले गोल गरेपनि भिडिओ असिस्टेन्ट रेफ्री भीएआरले मान्यता दिएनन्।

खेलमा जर्मनीले पोष्ट लक्षित १० वटा गोल प्रहार गरेको थियो भने फ्रान्सले जम्मा चार वटा प्रहार गरेको थियो।

खेलमा ६२ प्रतिशत समय बल जर्मनीसँग थियो भने ३८ प्रतिशत फ्रान्ससँग थियो। समूह एफमा पोर्चुगल शीर्ष स्थानमा र फ्रान्स दोस्रो स्थानमा छ।

More News last news
Loading...