काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। विभिन्न जिल्लामा गरिएको पीसीआर र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा थप २४०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसमध्ये काठमाडौँ उपत्यकामा ६५३ जना संक्रमित थपिएका छन्। भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन्।
यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा कोरोना निको हुनेको संख्या पाँच लाख ३१ हजार १०५ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ४६ जनाको ज्यान गएको छ। त्यस्तै हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
