नेपालमा थप ५ हजार ४२ जना कोरोना संक्रमित थपिए, ८ हजार बढी निको

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न ठाउँमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ५ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

देशभरका प्रयोगशालाहरुमा गरी ११ हजार ४७१ जनाका आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा ३ हजा ५४० जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै सोही अवधिमा देशका विभिन्न ठाउँमा गरी ५ हजा ३४३ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणका क्रममा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ हजार २४३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो सँगै नेपालमा कोरोना निको हुनेको कुल संख्या ४ लाख ८४ हजार ३७३ पुगेको छ।

यस्तै सोही अवधिमा ६८ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात हजार ७९९ पुगेको छ।

More News last news
Loading...