यो वर्ष पनि एसईई परीक्षा नहुने, आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा (एसईई) नहुने भएको छ। मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले एसईई परीक्षा नगर्ने निर्णय गरेको हो।

बैठकले गतवर्ष जस्तै यो वर्ष पनि आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको कानुनीमन्त्री लीलानाथ श्रेष्ठले जानकारी दिए।

Advertisement

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीबार (जेठ १४) एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेश गरेको थियो।

उक्त प्रतिवेदनका आधारमा बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाइएको थियो।

कार्यदलले बुझाएको प्रतिवेदनको आधारमा शिक्षा मन्त्रालयलाई वैकल्पिक मूल्यांकनका आधारमा परीक्षा सञ्चालन गर्न सिफारिस गरिएको थियो।

कोरोना महामारीको दोस्रो लहरका कारण अहिले देश ठप्प छ भने भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न सकिने अवस्था छैन। गत वर्ष पनि एसईई परीक्षा आन्तरिक मुल्यांकनबाटै भएको थियो।

कोरोनाका कारण लगातार दोस्रो वर्ष एसईईको परीक्षा आन्तरिक मुल्यांकनबाट हुन लागेको हो।

More News last news
Loading...