कुन विद्युतीय उपकरणमा कति भन्सार घट्यो ?

काठमाडौँ । सरकारले विभिन्न घरायसी विद्युतीय उपकरणको भन्सार दर घटाएको छ। विद्युत खपत बढाउन भन्दै सरकारले विदेशबाट आयात हुने विद्युतीय उपकरणमा अन्तःशुल्क खारेज गरेको छ र भन्सार महसुलमा पनि छुट दिएको छ।

यसले विदेशबाट आयात भई यहाँ बिक्री हुने विद्युतीय उपकरणकको मूल्य घट्नेछ। वासिङ मेसिन र भाँडा माझ्ने मेसिनमा यसअघि ५ प्रतिशत अन्तःशुल्क र ३० प्रतिशत भन्सार महसुल थियो।

Advertisement

अहिले अन्तःशुल्क खारेज गर्दै सरकारले भन्सार दर २० प्रतिशतमा झारेको छ। रेफ्रिजेरेटर र फ्रिजको पनि अन्तःशुल्क २० प्रतिशतबाट घटाएर १५ प्रतिशत कायम गरिएको छ।

सरकारले राइस कुकर, विद्युतीय केट्ली, जगजस्ता पानी तताउने भाडा र किरा मार्ने ट्रयापको भन्सार दर १५ प्रतिशतबाट १० प्रतिशतमा झारेको छ।

टोस्टर, इलेक्ट्रोथर्मिक कफी र चिया बनाउने मेसिन, माइक्रोवेब ओभन, हेयर ड्रायरसहित हेयर ड्रेसिङ उपकरणहरु, कोठा तताउने हिटर, इमर्सन हिटर, स्टोरेज हिटिङ रेडियटर र पानी तताउने हिटरको भन्सार दर पनि १५ प्रतिशतबाट झारेर १० प्रतिशत कायम गरेको छ।

आइरन, हात सुकाउने उपकरण, फुड ग्रान्डर र मिक्चर्सको भन्सार दर पनि १० प्रतिशतमा झारिएको छ। इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर ५ बाट १ प्रतिशमा झारिएको छ।

राजस्व सचिव रामशरण पुडासैनीले अर्थतन्त्रलाई पुनरुत्थान गर्ने उद्देश्य राखेर विभिन्न मालवस्तुमा करको दर हेरफेर गरिएको बताए।

More News last news
Loading...