काठमाडौँ । सरकारले युवा उद्यमीलाई १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण दिने घोषणा गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/८९ को बजेट प्रस्तुत गर्दै युवा उद्यमीलाई परियोजना धितो राखी १ प्रतिशत ब्याजमा २५ लाखसम्म ऋण उपलब्ध गराउने बताएका हुन्।
स्टार्टअप व्यवसायको दर्ता एकद्धार प्रणालीबाट निःशुल्क उपलब्ध हुने उनले बताए। त्यस्तै सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर पनि युवापुस्ताका लागि २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ।
आउँदो आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्यो भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराएका हुन्।
त्यस्तै सरकारले सार्वजनिक विद्यालय वा सो भन्दा माथिल्लो तहमा अध्ययन गर्ने विद्यार्थीलाई एक थान ल्यापटप किन्न १ प्रतिशत ब्याजदरमा रु ८० हजार उपलब्ध गराउने बताएका छन्। बैकल्पिक सिकाइका लागि ल्याइएको यस्तो ऋण रकम २ बर्षभित्र तिर्नुपर्नेछ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
