काठमाडौँ । सरकारले ज्येष्ठ नागरिकसहितलाई प्रदान गर्ने गरिएको सामाजिक सुरक्षा भत्ता बढाएको छ। भत्ता बढाएर मासिक ४ हजार पुर्याइएको हो।
आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत सरकारले सामाजिक सुरक्षा भत्ता (वृद्ध भत्ता) १ हजार रुपैयाँ बढाउने घोषणा गरेको गरेको हो।
अहिले ३ हजार रुपैयाँ रहेको वृद्धि भत्ता बढाएर सरकारले ४ हजार रुपैयाँ बनाएको हो। योसँगै सरकारले सबै शीर्षकमा वितरण हुन सामाजिक सुरक्षा भत्ता १ हजार रुपैयाँका दरले बढाएको हो।
सामाजिक सुरक्षा भत्ताका लागि सरकारले १ खर्ब रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै सरकारले कोभिडविरुद्धको खोपको लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्ष २०७८–७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेल उक्त बजेट विनियोजन गरेका हुन्। पौडेलले कोभिड नियन्त्रणमा बजेट केन्द्रित,उपचार र खोप सुनिश्चितताका लागि बजेट कमी हुन नदिने प्रतिबद्धता पनि जनाएका छन्।
त्यस्तै सरकारले अक्सिजन उद्योग स्थापना गर्न चाहिने उपकरण आयातमा लाग्ने भन्सार र भ्याटमा छुटको घोषणा गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
