काठमाडौँ । देशभर कोरोना संक्रमित बढेसँगै उपचारको उचित प्रबन्धमा हाहाकार भएको छ। अधिकांश संक्रमित होम आइसोलेसनमै रहे पनि देशभरका कोभिड अस्पतालमा बेड पाउन समस्या भएको गुनासो चौतर्फी सुनिँदै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारको अध्यावधिक विवरणअनुसार ४ हजार ४४७ जना संक्रमित मात्रै संस्थागत आइसोलेशनमा रहेका छन्। जसमध्ये १ हजार ५९० जना आईसीयू र ३९० जना भेन्टिलेटरमा रहेका छन्।
त्यसबाहेकका ठूलो संख्या अर्थात होम आइसोलेशनमा बस्नेको संख्या १ लाख ७ हजार बढी रहेको छ। मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार १ लाख ७ हजार ८२ जना होम आइसोलेशनमा रहेका हुन्।
मन्त्रालयका अनुसार प्रदेश १ मा १० हजार ५२२, प्रदेश २ मा ६ हजार ६६९, बागमतीमा ४७ हजार ८४४, गण्डकीमा ८ हजार २२०, लुम्बिनीमा २२ हजार ९२, कर्णालीमा ४ हजार ७२२ र सुदूरपश्चिममा ७ हजार १३ संक्रमित होम आइसोलेशनमा रहेका छन्।
यस्तै संस्थागत आइसोलेशनमा बस्नेमध्ये प्रदेश १ मा ८५३, प्रदेश २ मा ६८७, बागमतीमा २ हजार ४६८, गण्डकीमा २६०, लुम्बिनीमा १ हजार २४२, कर्णालीमा ४३० र सुदूरपश्चिममा १ हजार ५०७ जना रहेका छन्। उपत्यकामा २२८ आइसोलेशन बेड गरिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
