काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा मात्रै २३४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २३४६, भक्तपुरमा २९८ र ललितपुरमा ४५४ जनामा संक्रमण पुष्टि भएको छ।
यससँगै काठमाडौँमा सक्रिय संक्रमितको संख्या २८ हजार नाघेको छ भने ललितपुरमा ७ हजार र भक्तपुरमा ५ हजारमाथि रहेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२ हजार ८७ नमुना परीक्षणमा ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।
पीसीआर विधिबाट २१ हजार ६३५ र एन्टिजेन विधिबाट ४३४ जनाको परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ जानकारी दिएको छ।
यस्तै २४ घण्टामा थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२१५ पुगेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार देशभर कोरोनाको सक्रिय संक्रमितको संख्या १ लाख १३ हजार ४८० रहेको छ भने देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा थप ५ हजार ७६७ जना संक्रमणमुक्त भएका छन्। यो सँगै निको हुने संख्या ३ लाख ४५ हजार ५२३ रहेको पनि मन्त्रालयले जनाएको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
