काठमाडौँ । नेपाल आयल निगमले आइतबार फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।
आज राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजल–मट्टीतेल तथा हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर दुई रुपैयाँका दरले बढाएको हो।
अब पेट्रोल १ सय २३, डिजेल–मट्टितेल १ सय ६ र हवाई इन्धन ७८ प्रतिलिटर उपभोक्ताले तिर्नुपर्ने छ।
निगमले एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि प्रयोग गरिने हवाई इन्धनको खुद्रा बिक्री मूल्य भने यथावत राखेको प्रवक्ता विनितमणि उपाध्यायद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
मूल्यवृद्धि गरेको अवस्थामा समेत निगमलाई प्रतिलिटर पेट्रोल ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको दाबी गरिएको छ।
निगमले घाटा व्यहोरिरहेको भन्दै केही समयदेखि लगातार पेट्रोल पदार्थको मूल्य वृद्धि गर्दै आएको छ। कोरोना महामारीका समयमा लगातार पेट्रोल पदार्थको मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन्।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
