नेपालमा थप ७ हजार ३६८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

देशभर गरिएको एन्टिजेन र पीसीआर परीक्षणका क्रममा आइतबार थप ७ हजार ३ सय ६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

Advertisement

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालामा गरी १९ हजार ५ सय ३९ जनाको आरटी पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। पीसीआर विधिबाट गरिएको परीक्षणबाट ७ हजार ३ सय १६ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभर ३ सय ४४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी दिए। एन्टिजेन परीक्षणबाट ५२ जनामा संक्रमण पुष्टि भएको हो।

त्यस्तै काठमाडौँ उपत्यकाभित्र भक्तपुरमा २९२, ललितपुरमा ४३६ र काठमाडौँमा १ हजार ८८१ गरी जम्मा २ हजार ६०९ जनामा संक्रमण पुष्टि भएको गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १४५ जनाको ज्यान गएको पनि उनले जानकारी दिए।

More News last news
Loading...