अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट

काठमाडौँ । सरकारले देशभरका सबै अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्ने तयारी गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले अक्सिजन उद्योगलाई डिमाण्ड शुल्क छुट गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लैजाने निर्णय गरे।

Advertisement

विसं २०७८ वैशाखदेखि लागू हुने गरी आगामी असोज मसान्तसम्म खपत गरिएको विद्युतको डिमाण्ड शुल्क मिनाहा गर्ने गरी प्रस्ताव लैजान लागिएको मन्त्रालयले जनाएको छ।

कोभिड–१९ को बढ्दो संक्रमणले अस्पताल भर्ना हुने बिरामी दिनानुदिन बढेपछि अक्सिजनको आपूर्ति सहज बनाउन सो निर्णय गरिएको मन्त्री रायमाझीले बताए।

उद्योग २४ सै घण्टा सञ्चालन गर्नुपर्ने भएकाले मन्त्रालयको निर्णयले उद्योग सञ्चालक र उद्योगमा कार्यरत मजदूरलाई राहत मिल्ने उनले बताए।

कोभिडका कारण मानिसको मृत्युदरसमेत बढिरहेकाले पशुपति आर्यघाटमा रहेको विद्युत शवदाहगृहको विद्युत् डिमाण्ड शुल्क पनि छुट गरिने उनले जानकारी दिए।

छुट शुल्कवापतको शोधभर्ना नेपाल विद्युत् प्राधिकरणलाई नेपाल सरकारले उपलब्ध गराउन अर्थ मन्त्रालयको सहमतिका लागि पत्राचारसमेत गरिएको उनले बताए।

More News last news
Loading...