नेपालमा थप ८ हजार ५२० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ५२० जनामा संक्रमण पुष्टि भएको छ।

२१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

योसँगै नेपालमा कूल संक्रमितको संख्या ४ लाख ३९ हजार ६५८ पुगेको छ । त्यस्तै, सक्रिय संक्रमितको संख्या १ लाख ७ हजार ३३६ रहेको छ।

यही अवधिमा ६ हजार १३५ जना निको भएका छन्। नेपालमा संक्रमितमध्ये ३ लाख २ठ हजार ६५३ निको भएका छन्।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ सय ३ जनाको ज्यान गएको छ। नेपालमा हालसम्म कोभिड–१९ को संक्रमणबाट ४ हजार ६६९ जनाको मृत्यु भएको छ।

त्यस्तै काठमाडौँ उपत्यकामा मात्रै पछिल्लो २४ घण्टामा ३ हजार ३४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका तीन जिल्लामा गरी ३ हजार ३४९ संक्रमित थपिएका हुन्।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौँ जिल्लाका २ हजार ४५८ छन्। यस्तै, ललितपुरमा ५५६ र भक्तपुर जिल्लामा ३३५ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

More News last news
Loading...