नेपालमा थप ८ हजार ९६० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ८ हजार ९६० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

पीसीआर विधिबाट १९४७४ जना र एन्टिजेन विधिबाट ७७१ जनाको परीक्षण गर्दा क्रमशः ८९६० जनामा संक्रमण पुष्टि भएको हो।

Advertisement

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ भने निको हुनेको संख्या ३ लाख २१ हजार ५१८ जना पुगेको छ।

यस्तै थप २१४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ। यसअघि बुधबार देशभर ९ हजार ३०५ जनामा संक्रमण पुष्टि भएको थियो भने १६८ को ज्यान गएको थियो।

यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ५५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ५ हजार २०७ जना पुगेको छ भने मृतकको कुल संख्या ४४६६ जना रहेको छ।

देशका अधिकांश जिल्लामा दोस्रो लहरको कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएपनि संक्रमित हुने क्रम रोकिएको छैन।

More News last news
Loading...