कालीमाटी तरकारी बजार बन्द

काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमतिको सङ्ख्या बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ।

तरकारी बजार विकास समितिले मङ्गलवार (आज) एक सूचना निकालेर आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो।

Advertisement

जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए।

उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो।

समितिले थोक बजारमा प्याकेजिङ मात्र गरेर तरकारीको बिक्री वितरण गर्न सक्ने जनाएको छ। जसमा एक वटा थोक पसलमा अधिकतम दुई जना बसी सामाजिक दुरी कायम गर्दै सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गरी पसल सञ्चालन गर्न निर्देशन दिएको छ।

समितिले बजार परिसरभित्र मोटरसाइकल, साइकल तथा ठेला प्रवेशमा प्रतिबन्ध लगाइएको जनाएको छ भने ठूला कृषकले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर अक्शन र्‍याक-होल्डिङ र्‍याकमा कारोबार गर्न निर्देशन दिइसकेको छ।

गएको वैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागू भएसँगै बिहान ३ देखि ९ बजेसम्म तरकारी बजार खुला हुँदै आएको थियो।

More News last news
Loading...