नेपालमा कोरोनाबाट एकै दिन १३९ जनाको ज्यान गयो, थप ९२७१ मा संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार २७१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै कोरोना संक्रमणबटा १३९ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको ज्यान गएको थियो।

Advertisement

गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १७ हजार ६३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो।

यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

यस्तै कोरोना संक्रमणबटा १३९ जनाको ज्यान गएको छ । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५८ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ४ हजार ७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। सोमबारसम्म देशभर ९३ हजार १४१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।

सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ३ हजार ७९४ पुगेको छ। जसमध्येका ३ लाख ६ हजार ७९४ जना संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।

More News last news
Loading...