काठमाडौँ । सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको छ।
नेपाल पक्षका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।
घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतका नेता राजीनामाको विपक्षमा उभिएपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका हुन् ।
यो समुह बैठकमा उपस्थित भई मतदान गर्न तयार रहेको श्रोतको दावी छ । तर त्यसको लागि प्रधानमन्त्री ओलीले एकपटक आग्रह गर्नुपर्ने शर्त उनीहरुको रहेको छ ।
आइतबार रातिदेखिनै ठाकुर गैरे लगायतका नेताहरुले घनश्याम र योगशहरूलाई राजीनामा नगर्न दबाब दिएका थिए ।
त्यस लगत्तै माधव नेपाल पक्षकै घनश्याम योगेश लगायतका नेताहरु अलग्गै बैठकमा छन् । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दबाब यी नेताहरुमाथि छ ।
अनलाइन बैठकमा बाझाबाझ स्रोतका अनुसार सांसदहरूको बैठकअघि आज बिहान माधव पक्षधर स्थायी कमिटी सदस्यहरुको जुम बैठक भएको थियो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
