काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा आठ हजार आठ सय ५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५०६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० पुष्टि भएको छ ।
यस्तै थप ८८ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ। पछिल्लो २४ घण्टामा ५२ जना र यसअघि ज्यान गुमाएकाहरूको विवरण प्राप्त भएको २६ जना गरी ८८ जनाको ज्यान गएको हो ।
आइतबार देशभर गरी ८८ हजार १६० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
यस्तै काठमाडौँ उपत्यकामा ४ हजार १९८ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा ३ हजार १६१, भक्तपुरमा ५०४ र ललितपुरमा ५३३ जनामा संक्रमण पुष्टि भएको हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
