भर्चुअल कराँते च्याम्पियनसिपमा नेपालका पवित्र भण्डारीलाई उल्लेख्य सफलता

काठमाडौँ । कोभिड–१९ को महामारीकाबीच भर्चुअल माध्यमबाट विभिन्न देशमा सम्पन्न कराँते च्याम्पियनसिपमा नेपालका पवित्र भण्डारीले उल्लेख्य सफलता हासिल गरेका छन्।

भारतमा सम्पन्न मास्टर क्याटेगोरीको च्याम्पियनसिपमा उनले स्वर्ण पदक हात पारे। गत अप्रिलमा भारतमा सम्पन्न पहिलो विश्व शोतोकान कराँते इ-काता च्याप्मियससिप २०२१ मा उनले गोल्ड मेडल नेपालको पक्षमा पार्न सफल भएका थिए।

Advertisement

सोहि प्रतियोगितामा पुरुष तर्फको भेट्रान ब्ल्याक बेल्ड ४६ देखि ५० बर्ष उमेर समुहमा उनले सिल्भर मेडल समेत जितेका थिए।

यो प्रतियोगितामा नेपालसहित, भारत, पाकिस्तान, ब्राजिल, फ्रान्स, रसिया लगायत विभिन्न १२ देशको सहभागिता थियो।

यस्तै फिलिपिन्समा सम्पन्न एनुअल हाकआकाइ इन्टरनेशनल च्याम्पियनसिपुमा उनले नेपालको लागी काँश्य पदक दिलाउन सफल भए। सोहि महिनामा ब्राजिलमा सम्पन्न डब्ल्यूकेटी इन्टरनेशनल भर्जुअल काता च्याम्पियनसिप २०२१ मा पनि उनले नेपालको लागी काँश्य पदक दिलाउन सफल रहे।

३० वर्ष लामो समयदेखि कराँते खेलमा जोडिएका भण्डारीले पछिल्लो समय युएइमा रहेर विभिन्न देशमा आयोजना हुने प्रतियोगिताहरुमा सहभागिता जनाउँदै नेपालको प्रतिनिधित्व गर्दै आइरहेका छन्।

कोरोना महामारीपछि भर्चुअल विधिबाट विभिन्न देशका अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना हुँदै गर्दा उनले चन्द्र सुर्य अंकित झण्डामुनि रहेर देशको नामलाई गर्विलो बनाउँदै लगिरहेका छन्।

More News last news
Loading...