काठमाडौँ । नेपालमा थप ९ हजार १९६ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका प्रयोगशालाहरुमा गत २४ घण्टामा गरिएको परीक्षणका क्रममा थप ९ हजार १९६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा गरी १९ हजार ९८७ जनाको आरटी-पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। त्यसमा ९ हजार २३ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, गत २४ घण्टामा ४९५ जनाको एन्टिजेन परीक्षण गर्दा १७३ जनामा कोरोना संक्रमण संकेत (एन्टिजेन पोजिटिभ) देखिएको मन्त्रालयले जानकारी दिएको छ।
योसँगे नेपालमा संक्रमितको कूल संख्या ३ लाख ७७ हजार ६०३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यस्तै, कोरोना भाइरसको संक्रमणबाट गत २४ घण्टामा ५० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५७९ पुगेको छ।
यही अवधिमा थप २ हजार ९०५ जना निको भएका छन्। नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन्। नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
