भारतबाट आउनेलाई एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल आउन अनुमति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण गर्न सरकारले भारतसँग सिमाना जोडिएका नाकामा रहेका हेल्थ डेस्कबाट एन्टिजेन परीक्षण गरेर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्था मिलाइने बताएका छन्।

सोमबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन्। साथै उनले सवै तहमा कन्ट्याक ट्रेसिङ्ग बढाउन लगाइएको पनि बताएका छन्।

Advertisement

‘स्थलमार्ग, चार्टड वा हवाइ मार्गबाट आउने हरेक व्यक्तिको कोरोना परीक्षण गरीने छ। कोही संक्रमित भए उनीहरुलाई उपचार गरेर मात्रै समुदायमा पठाउने व्यवस्था मिलाइएको छ’, प्रधानमन्त्रीको भनाइ छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिडको नयाँ स्वरूपको लहर थप घातक रुपमा देखापरेको बताएका छन्।

उनले सोमबार देशवासीको नाममा सम्बोधन गर्दै ओलीले ३० जिल्लामा २०० भन्दा कोरोना संक्रमित रहेको र १५ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित रहेको बताए।

उनले कोरोनाविरुद्ध लड्नका लागि खोप अभियानलाई प्रभावकारी बनाउन लागिपरेको पनि बताए। उनले नागरिकको जीवन रक्षा सरकारको पहिलो दायित्व भएको भन्दै त्यसका लागि सरकारको सबै संयन्त्र परिचालित रहेको ओलीले बताए।

ओलीले प्रदेश केन्द्रीत हुने गरी सरकारका मन्त्रीलाई एक एक जनाका दरले फोकल व्यक्ति तोकिएको पनि बताए।

उनले निषेधाज्ञा थप कडाइ गर्न लागिएको भन्दै भोली २० गते रातिदेखि आन्तरिक र २३ गतेदेखि बाह्य उडान बन्द गर्ने निर्णय सरकारले गरेको पनि ओलीले बताए।

More News last news
Loading...