कोरोना संक्रमणबाट नेपालमा १२ शिक्षकको ज्यान गयो, मञ्चद्वारा दु:ख व्यक्त

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने शिक्षकप्रति स्थायी शिक्षक हकहित मञ्चले दुख व्यक्त गरेको छ। साथै कोरोना संक्रमित शिक्षक, विद्यार्थी, अभिभावक र सम्पुर्ण संक्रमितप्रति स्वास्थ लाभको कामना गरेको छ।

मञ्चले आज विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणबाट १२ जना शिक्षकको ज्यान गएको जानकारी दिएको छ। ज्यान गुमाउनेमा मनिषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कन्चनपुर), मन्जु के सी (कन्चनपुर), पार्वती न्यौपाने(वर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, (दाङ), घनश्याम चौधरी, (नवलपरासी), बम बहादुर कुवर(गुल्मी), काषी सिं कार्की (कन्चनपुर) रहेका छन्।

Advertisement

साथै मञ्चले मृतक शिक्षकका प्रत्येक परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपैया हस्तान्तरण गर्न पनि नेपाल सरकारसँग माग गरेको छ।

यस्तो छ स्थायी शिक्षक हक हित मञ्चले निकालेको विज्ञप्ति 

पे्रस विज्ञप्ती
विश्वव्यापी रुपमा फैलीएको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि दोस्रो चरणको संक्रमणबाट ज्यान गुमाउने आदरणीय शिक्षक साथीहरु मनिषा थापा (बाँके), दुर्गा रेग्मी (बर्दिया), लोकराज भट्ट (कन्चनपुर), मन्जु के सी (कन्चनपुर), पार्वती न्यौपाने(वर्दिया), रुपा चटर्जी (बाँके), हरिभक्त रोकय (जाजरकोट), धर्मानन्द ओझा (डडेलधुरा), नवराज कालाथोकी, (दाङ), घनश्याम चौधरी, (नवलपरासी), बम बहादुर कुवर(गुल्मी), काषी सिं कार्की (कन्चनपुर) लगाएतका शिक्षकहरुमा भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारमा धैर्य घारण गर्ने शक्ति भगवानले प्रदान गरुन साथै संक्रमित शिक्षक, विद्यार्थी, अभिभावक र सम्पुर्णमा स्वास्थ लाभको कामना गर्दछु ।

साथै मृतकका प्रत्येक परिवारलाई सान्त्वना स्वरुप १० लाख रुपैया हस्तान्तरण गर्न नेपाल सरकार संग माग गर्दै तपशिल वमोजिमको अपिल गर्दछु ।

१. कोरोना संक्रमणबाट विरामी प्रत्येक शिक्षकलाई दिएको एक लाख उपचार खर्च निरन्तर दिन, उपचार खर्च व्यवस्थापन गर्न र मृत्यु पश्चात रु दश लाख सान्त्वना स्वरुप हस्तान्तरण गर्न नेपाल सरकारलाई जोडदार अपिल गर्दछु ।

२. कोरोना संक्रमणको सक्रमण वढदो रुपमा गइरहेको सन्र्दभमा केही स्थानीय तहले परिक्षा संचालनमा ताकेता दिने, शिक्षकहरुलाई विद्यालयमा जान वाद्य गराइने काम तुरुन्त बन्द गर्न अपिल गर्दछु ।

३. सपूर्ण शिक्षक मित्रहरुमा सुरक्षाका मापदण्ड अपनाई Online कक्षा, परियोजना कार्य वा अन्य विधी अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिनका साथै लिखित–मौखिक परिक्षा बाहेक मुल्याङ्कनका अन्य साधनहरु जस्तै रुजु सुची, अवलोकन, घटनावृत अभिलेख आदिलाई अपनाउन अनुरोध गर्दछु ।

४. बजेट निर्माणाधीन रहेको सन्र्दभमा शिक्षा र स्वास्थ्यमा बजेटका आकार वढाई लामो समयसम्म पिसिएका बाल शिक्षक, विद्यालय कर्मचारीको प्रा.वि सरह दरवन्दीको व्यवस्था कायम गरि शिक्षा ऐन मार्फत सम्पुर्ण शिक्षकहरुको सेवा सुविधालाई र वैकल्पिक शिक्षाका माध्यमलाई प्राथमिकतामा राख्न जोडदार अपिल गर्दछु ।

रमेश बाबु भट्टराई
केन्द्रिय संयोजक
स्थायी शिक्षक हक हित मन्च, नेपाल

More News last news
Loading...