काँग्रेस नेता भण्डारीलाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।

तीन दिनदेखि अस्वस्थ रहेका नेता भण्डारीको शनिबार कोरोना परीक्षण गर्दा पोजेटिभ देखाएको हो।

Advertisement

तरूण विभागको नेतृत्वमा समेत रहेका नेता भण्डारीलाई सामान्य लक्षण देखिएको छ। उनी अहिले होम आइसोलेसनमा रहेका छन्। नेता भण्डारीसहित श्रीमती र छोरालाई पनि पोजेटिभ देखिएको छ।

यता, देशभर कोरोना संक्रमण बढेसँगै आजदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञामा थप कडाई गरिएको छ।

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका ३ जिल्लामा गरिएको निषेधाज्ञालाई प्रभावकारी बनाउन थप कडाई गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

शनिवार तथा सार्वजनिक बिदाको दिन सरकारी सवारीसाधन गुडे त्यसलाई होल्ड गरिने पनि उनले बताए।

 

More News last news
Loading...