कोरोना फैलिएसँगै देशका यी २९ जिल्लामा निषेधाज्ञा जारी (सूचीसहित)

काठमाडौँ । कोभिड-१९ सङ्क्रमणको क्षेत्र विस्तार भएसँगै आंशिक र पूर्ण गरी २९ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ। आइतबार विहानसम्म २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ। कूल २९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ भने २२ जिल्लामा पूर्ण निषेधाज्ञा लागू भएको छ।

आइतबारबाट गुल्मी, प्यूठान, काभ्रेपलाञ्चोक, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा लागू भएको छ। उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ।

Advertisement

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, र सुनसरीमा आदेश कार्यान्वयनमा छ।

यस्तै, कालीकोट, बाग्लुङ, बर्दियामा र दार्चुलामा आंशिक आदेश जारी भएको छ । आदेश जारी भएका जिल्ला मध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिने उल्लेख छ।

More News last news
Loading...