कोरोनाको इपिसेन्टर बन्यो काठमाडौ, एकैदिन थपिए १५ सय बढी संक्रमित

काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना भाइरसको इपिसेन्टर बनेको छ। पछिल्लो २४ घण्टामा मात्रै काठमाडौँ उपत्यकामा १५६१ संक्रमति थपिएका छन्।

यसमध्ये काठमाडौँ जिल्लामा ११२७, ललितपुरमा २५२ र भक्तपुरमा १८२ संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

Advertisement

काठमाडौँ उपत्यकाबाहिर ५२८ र बाँकेमा ४८९ संक्रमित थपिएका छन्। त्यस्तै, कैलालीमा ३३९, मोरङमा १३७, पर्सामा १५० र दाङमा १८१ संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ८३१ संक्रमित थपिएका छन्। जसमध्ये १७१४ जना महिला र ३११७ पुरुष रहेका छन् । एन्टिजेन विधिबाट ९७ जनामा संक्रमण पुष्टि भएको छ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख १७ हजार ५३० र निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ।

यस्तै पछिल्लो घण्टामा ३५ जनाको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ। यससँगै मृतकको कुल संख्या ३ हजार २४६ पुगेको छ।

 

More News last news
Loading...