काठमाडौँ । काठमाडौँमा गएराति भूकम्पको धक्का महशुस गएको छ। कलंकी आसपास भएर राति १ बजेर ५९ मिनेटमा ३ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
परकम्पको धक्का कंलकीसहित आसपासका क्षेत्रमा महशुस गरिएको थियो।
२०७२ साल बैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ७ दशमलव ६ रेक्टर स्कलेको भूकम्प पछि अहिलेसम्म ५० हजार भन्दा बढी परकम्प गएको छ।
चार रेक्टर स्केल भन्दा माथिका ५ सय ५२ पटक परकम्प गएको केन्द्रले जनाएको छ। भूकम्पमा क्षेतिग्रस्त बनेका भौतिक संरचनाको पुर्ननिर्माणको काम अझै चलिरहेको छ।
केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि ठडिएको धरहराको उट्घाटन गरेका थिए। तर सर्वसाधारणका लागि भने यो अझै खुल्न सकेको छैन्।
भूकम्पविद् लोकविजय अधिकारीकाअनुसार गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पको परकम्प अझै १० वर्षसम्म आइरहने सम्भावना रहेको छ।चार रेक्टर स्केलभन्दा माथिका परकम्प पनि आइरहेकाले जोखिम क्षेत्रमा नागरिक सचेत रहनु पर्ने उनको भनाइ छ ।
भूकम्प गएपछि चिरा परेको वा फुटेको रेखामा धेरै कम्पन भएको भूकम्पविद्ले बताएका छन् । विज्ञकाअनुसार भूकम्प गएकाले बेला सञ्चित भएको शक्ति कम्पन हुँदै निस्कनु नै परकम्प जानु हो । भौगोलिक बनावटका कारण पनि भूकम्पको उच्च जोखिमयुक्त देश हो ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
