पूर्वराजा दम्पतिको स्वास्थ्य अवस्था स्थिर, अक्सिजनको सपोर्टमा उपचार हुँदै

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र वीरविक्रम शाह र पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई अक्सिजनको सपोर्टमा राखेर उपचार जारी राखिएको नर्भिक इन्टरनेशनल अस्पतालले मंगलबार जानकारी दिएको छ।

कोरोना संक्रमित भएपनि पूर्वराजा दम्पत्ति वैशाखद ११ गते नर्भिक अस्पताल भर्ना भएका थिए। कोरोनाबाट संक्रमितहरुमा हुनसक्ने श्वासप्रश्वासको समस्या जटिल नबनोस् भन्ने हेतुले पूर्व राजा र पूर्वरानीलाई अक्सिजनको सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Advertisement

उनीहरुसँगै अस्पताल भर्ना भएकी पूर्व अधिराजकुमारी प्रेरणा शाहलाई भने अक्सिजनको सपोर्ट दिनु परेको छैन। उनीहरु तीनैजनाको अवस्था सामान्य र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

उनीहरु तीनै जनामा केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो। नेपालमा कोरोना संक्रमण भयावह बन्दै गएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ४५ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन दुवै विधिबाट गरिएको परीक्षणमा ४५ सय २४ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट १४ हजार ६७२ जनाको परीक्षण गर्दा ४ हजार ३४६ जनामा संक्रमण पुष्टि भएको छ भने एन्टिजेन विधिबाट १ हजार ९ जनाको परीक्षण गर्दा १६० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको ज्यान गएको रिपोर्ट प्राप्त भएको पनि मन्त्रालयले जनाएको छ।

More News last news
Loading...