कास्कीमा पर्सिदेखि निषेधाज्ञा, सवारी साधनमा जोड विजोर लागू

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले पर्सि बुधबारदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ।

अत्यावश्यक सेवा बाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक तथा निजी सवारीमा जोडबिजोर लागू गरिएको छ। जोर गते जोर नम्बर र विजोर गते बिजोर नम्बरको सजारी चलाउनुपर्नेछ।

Advertisement

सिनेमा हल, पार्टी प्यालेस, क्लब, फुटसल, खेलकुद स्थान, ब्युटीपार्लर, सैलुन, फुटटपाथ पसल सेवा तथा स्थानहरु बन्द हुनेछन्।

विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ भन्दा बढी सहभागी हुन पाइने छैन।

दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामाग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ। अरु पसल, डिपार्टमेन्ट स्टोर सपिङ मल बन्द हुनेछन्।

बैंक तथा वित्तिय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा दिन सक्नेछन्।

More News last news
Loading...