काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षाहरु स्थगित गरेको छ।
सोमबार त्रिविले सूचना जारी गर्दै कोरोना महामारीका कारण परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नभएको भन्दै पूर्वनिर्धारित वार्षिक र सेमेष्टरका सम्पूर्ण परीक्षाहरु स्थगित गरेको हो।
त्रिविद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को दोस्रो लहरको प्रकोपका कारण देशका विभिन्न स्थानहरुमा लकडाउन तथा निषेधाज्ञाका कारण हाल सञ्चालित तथा सञ्चालनको प्रक्रियामा रहेका सम्पूर्ण परीक्षाहरु यथास्थितिमा सञ्चालन गर्न नसकिने परिस्थिति सिर्जना भएकाले भोलिदेखि सबै परीक्षा स्थगित गरिएको।
आज मिति २०७८–१–१३ गते बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैकठको निर्णय अनुसार पूर्व निर्धारित भए अनुसारको त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित वार्षिक तथा सेमेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु २०७८–१–१४ देखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ। विज्ञप्तिमा भनिएको छ।
यसअघि आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सबै तहका परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो।
तर, त्रिविले सोमबार अबेर सूचना निकालेर १३ गतेको परीक्षा यथास्थितिमा राखेर १४ गतेदेखि सम्पूर्ण परीक्षाहरु स्थगित गरेको सूचना जारी गरेको हो।

![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
