काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी

काठमाडौँ । काठमाडौँ उपत्यकामा निषेधाज्ञा लगाउने तयारी गरिएको छ। सोमबार बिहान काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूबीच उपत्यकामा निषेधाज्ञा लगाउने विषयमा छलफल भएको हो।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले तीनवटै प्रशासनबीच उपत्यकामा एक दर्जनभन्दा बढी सेवा सञ्‍चालनमा रोक लगाइने विषयमा छलफल भएको बताए।

Advertisement

उनका अनुसार सार्वजनिक सवारी, रात्रिकालीन सबै व्यवसाय, होटेल रेस्टुरेन्ट, सार्वजनिक सेवालगायत दर्जनभन्दा बढी क्षेत्रमा निषेधाज्ञा लगाउनेबारे छलफल भएको छ।

तीनै जिल्लाका प्रशासनबीचको छलफलपछि अहिले गृहमन्त्रालयसँग निषेधाज्ञाको मोडालिटी र समयावधिबारे परामर्श भइरहेको छ।

प्रमुख जिल्ला अधिकारी भट्टराईले केही बेरपछि तीनवटै प्रशासनले संयुक्त धारणा सार्वजनिक गर्ने पनि बताए।

आइतबार बसेको सीसीएमसीको बैठकले काठमाडौँ उपत्यकाको हकमा सक्रिय संक्रमितको संख्या एक हजारभन्दा बढी भए कुनै पनि बेला निषेधाज्ञा जारी गर्न सक्ने अधिकार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयहरूलाई दिएको थियो।

More News last news
Loading...