काठमाडौँ । नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा नेपालमा २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा थप ४१० जना निको भएका छन्। नेपालमा हालसम्म २ लाख ७६ हजार ७५५ जना निको भएका छन्।
यही अवधिमा ५ जनाको मृत्यु भएको छ। नेपालमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ।
नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ। यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका छन्।
भारतमा कोरोना संक्रमणदर बढ्दै गएपछि नेपालमा पनि त्यसको असर देखिन थालेको हो । नेपालमा कोरोना संक्रमण बढ्दै गएपछि सावधानी अपनाउन सर्वसाधारणलाई सरकारले अनुरोध गरेको छ।
![top Inside [Health Ministry]](https://nayapusta.com/wp-content/uploads/2025/05/Nepallife.gif)
