प्रधानमन्त्रीसँग विवाद हुँदा बालुवाटारबाट खाँदाखाँदै हिँडे वामदेव

काठमाडौँ । एमाले नेता वामदेव गौतमले गत फागुन २८ को निर्णय नसच्याएसम्म पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ नदिने प्रस्ट्याएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बेलुकी भएको डिनर मिटिङमा पनि आफूले ओलीलाई सोही कुरा बताएको उनले जनाएका छन्।

Advertisement

गौतमले विज्ञप्तिमा उल्लेख गरेअनुसार बेलुकी ८ बजे भएको डिनर मिटिङमा ओलीले उनलाई पार्टी काममा फर्कन अनुरोध गरेका थिए। त्यसको बदलामा गौतमले फागुन २८ को बैठकले गरेको निर्णय अवैधानिक रहेको भन्दै फिर्ता लिन अनुरोध गरे।

उहाँले ती निर्णय फिर्ता हुुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ,’ गौतमले विज्ञप्तिमा भनेका छन्, ‘डिनर चल्दै थियो, नमस्कार गरेर म बिदा भएँ।’

डिनर मिटिङमा कानुन मन्त्री लीला श्रेष्ठ र एमाले मुख्य सचेतक विशाल भट्टराई पनि सहभागी थिए।ओली समूहले फागुन २८ गते एकपक्षीय केन्द्रीय कमिटी बैठक बोलाएर महाधिवेशनबाट निर्वाचित भएका माधव नेपाल समूहका नेताहरूको जिम्मेवारी खोस्नुका साथै पदसमेत खारेज गरिदिएको थियो ।

गौतमसँग भेट्नुअघि बिहीबार दिउँसो ओलीले माधव नेपालसँग वान टु वान वार्ता गरेका थिए। तर दुवै नेता आ–आफ्नै लय नछोड्ने उद्घोषसहित छुट्टिएका थिए।

भेटमा नेपालले फागुन २३ यता एमाले पार्टीका नाममा एकलौटी गरिएका सबै निर्णय फिर्ता लिए मात्रै सहमति जुट्न सक्ने अडान राखेकामा ओलीले असहमति जनाएका थिए।

More News last news
Loading...